चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो : ओली – Nepal Press

चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् ।

एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नोस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय  निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१० सिटको फरक पर्ने देखिएको छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर