युद्धजस्तो मान्छे पाउनु पूजाको भाग्य र हाम्रो गौरव हो : शोभित बस्नेत – Nepal Press

युद्धजस्तो मान्छे पाउनु पूजाको भाग्य र हाम्रो गौरव हो : शोभित बस्नेत

काठमाडौं । अभिनेता सलोन बस्नेत र मोडल तथा एयरहास्टेस करिश्मा केसी आज बिबाह बन्धनमा बाँधिए । उनीहरूको वैवाहिक समारोहमा थुप्रै कलाकारहरूको लाम लागेको थियो ।

भुवन केसी, अनमोल केसी, पूजा शर्मा, वर्षा राउत, सन्जोग कोइराला, शलिनमान बानियाँ लगायतका कलाकारहरू सलोन र करिश्मालाई बधाई तथा आशीर्वाद दिन चन्द्रागिरि पुगे । सोही अवसरमा नायिका पूजा शर्मा र सलोनका पिता शोभित बस्नेतलाई सञ्चारकर्मीले विवाह सम्बन्धित केही प्रश्न सोधे ।

पूजालाई विवाहबारे के टिप्स दिन चाहनुहुन्छ भन्ने प्रश्नमा शोभितले पूजा र युद्धको जोडी सोचेभन्दा राम्रो भएकाले केही टिप्स दिन जरुरी नभएको बताए ।

उनले भने, ‘एक त विवाह भनेको के कसरी गर्ने भनेर सोचेर गरिने कुरा होइन । सलोनको विवाह पनि हामीले यसरी गर्छौ भनेर कुनै प्लान गरेका थिएनौँ । त्यसैले यो टिप्स र प्लान भन्ने कुरा नै आवश्यक छैन । हामीले कसरी विवाह गर्ने भन्दा पनि कसरी जिन्दगी राम्रो र सरल हुन्छ भन्ने सोच्ने हो । सायद पूजाले त्यो पनि सोच्नुपर्दैन । किनकि युद्ध भनेको यस्तो गज्जबको मान्छे हो कि उसलाई पाउनु नै हाम्रो लागि गौरवको कुरा हो र पूजाको भाग्य ।’

पूजा आफ्नो बहिनी र बस्नेत परिवारको चेली भए तापनि युद्ध पूजाभन्दा विशेष लाग्ने बस्नेतले बताए । नायक आकाश श्रेष्ठसँगको सम्बन्ध चिसिएको केही समयपश्चात् पूजा र युद्धको प्रेम सम्बन्ध बाहिरिएको थियो ।

शनिवार आयोजना गरिएको सलोनको मेहेन्दी समारोहमा पनि यी दुईसँगै पुगेका थिए । विवाहबारे भने अहिले केही प्लान नभएको पूजाले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर