जितपछि साेविता भन्छिन्- यही क्षेत्रबाट राष्ट्रपति र प्रधानमन्त्री भए, फेरि केही ऐतिहासिक हुनेछ (भिडिओ) – Nepal Press

जितपछि साेविता भन्छिन्- यही क्षेत्रबाट राष्ट्रपति र प्रधानमन्त्री भए, फेरि केही ऐतिहासिक हुनेछ (भिडिओ)

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले क्षेत्र नम्बर २ का मतदाता चेतनशील रहेको बताइन् ।

क्षेत्र नम्बर २ बाट निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई जित दिलाउने मतदाताहरु चेतनशील भएको बताइन् । उनले यो क्षेत्र राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्म पाइसकेकाले अब फेरि केही पाउने बताइन् ।

उनले सञ्चारकर्मीसँग भनिन्,‘हामीले घोषणापत्र बमोजिम गर्नेछौं । यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यहाँ जो बोलिरहनुभएको (आफैलाई देखाउँदै) उहाँ पनि ऐतिहासिक हुनेछ । यो क्षेत्रले गर्व गर्नेछ कि हामीले यस्तो सासंद निर्वाचित गरेर पठायौं । यहाँको मतदातालाई गुनासो गर्न दिने छैनौं ।’

गौतमले संसदमा आफनो पाटी कहिले पनि नचुक्ने बताइन् । साथै काठमाडौं भनेर चिनिने विकट क्षेत्रमा पनि काम अगाडि बढाउनु पर्ने बताइन् । ‘बजेट भनेको शहरलाई मात्र चाहिने होइन जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो । ’उनले भनिन् ।

सरकारमा जाने नजाने  विषयमा स्पष्ट जवाफ दिन नसक्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर