यि हुन नेकपा (एमाले)बाट प्रतिनिधिसभाका १४१ जना उम्मेदवार (सूचीसहित) – Nepal Press

यि हुन नेकपा (एमाले)बाट प्रतिनिधिसभाका १४१ जना उम्मेदवार (सूचीसहित)

११ वटा क्षेत्रमा महिला र एउटा क्षेत्रमा दलितको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये नेकपा (एमाले)ले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ । २४ निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा जनता सामाजवादी पार्टीसँग गठबन्धन गरेका कारण छोडे पनि बाँकी १४१ क्षेत्रमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दिएको हो ।

एमालेले प्रदेश एकका २५, मधेश प्रदेशका १७, बागमती प्रदेशका ३२, गण्डकी प्रदेशका १७, लुम्बिनी प्रदेशका २२, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १४३ निर्वाचन क्षेत्रमध्ये ११ वटा निर्वाचन क्षेत्रमा एमालेबाट महिलाको उम्मेदवारी परेको छ भने एउटा क्षेत्र बाट मात्रै दलितको उम्मेदवारी परेको छ ।

महिलामा सुनसरी क्षेत्र नम्बर ३ मा भगवती चौधरी, उदयपुर क्षेत्र नम्बर एकमा मञ्जुकुमारी चौधरी, धनुषा क्षेत्र नम्बर ३ मा जुलीकुमारी महतो, बाराक्ष क्षेत्र नम्बर ३ मा ज्वालाकुमारी साह, कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराई, स्याङजा क्षेत्र नम्बर २ मा पद्माकुमारी आर्याल, बाग्लुङ क्षेत्र नम्बर २ मा मञ्जु शर्मा, दाङ क्षेत्र नम्बर ३ मा कोमल वली र डोटी क्षेत्र नम्बर १ मा गौरीकुमारी ओली रहेका छन् । दलिततर्फ रुपन्देही क्षेत्र नम्बर एकमा पार्टी सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *