मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक जना पहिरोमा पुरिए – Nepal Press

मकवानपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक जना पहिरोमा पुरिए

हेटौँडा । मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मकवानपुरमै पहिरोमा पुरिएर अर्का एक जनाको ज्यान पनि गएको छ ।

पश्चिम मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिखोलाले बगाउँदा स्थानीय ६५ वर्षका दलबहादुर चेपाङको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

कालिका बजारबाट सामान किनेर घर फर्कने क्रममा खोलाले बगाएर उनको ज्यान गएको प्रहरीको भनाई छ ।

यसै गरी पश्चिम मकवानपुरकै राक्सीराङ गाउँपालिका वडा नम्बर ६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको परिरोले पुरिदा मृत्यु भएको राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

नेपाल प्रेससँग कुरा गर्दै मल्लले घर नजिकैको ढिस्को खसेर पुरिदा उनको ज्यान गएको र उद्धारको लागि गाउँपालिकाको स्वयंसेवक दललाई घटनास्थल पठाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर