प्रदेश सांसदको ५ वर्षे वासलात- पौने ३८ लाख आम्दानी, यी शीर्षकमा गरे खर्च (सूचीसहित) – Nepal Press

प्रदेश सांसदको ५ वर्षे वासलात- पौने ३८ लाख आम्दानी, यी शीर्षकमा गरे खर्च (सूचीसहित)

हेटौँडा । स्थानीय तहका भएको खर्चको विवरण नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवाना गरिरहेको समयमा बागमती प्रदेशका एक जना पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्यले भने आफू सांसद रहेको करिब पाँच वर्षको कार्यकाल तथा राज्यमन्त्री रहेको ३ महिना १७ दिनको हिसाबकिताब सार्वजनिक गरेका छन् ।

नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व सामाजिक विकास राज्य मन्त्री रामकुमार अधिकारीले आफू पदमा रहँदाको अवधिको आम्दानी–खर्चको वासलात सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको हिसावकिताबमा सांसद तथा राज्यमन्त्री हुँदा ३७ लाख ७० हजार रुपैयाँ तलब भत्ता बापत आम्दानी गरेको उल्लेख गरेका छन् । सार्वजनिक हिसावकिताबमा उनले आम्दानी बराबर नै खर्च गरेको रिपोट प्रस्तुत गरेका छन् ।

पूर्व राज्यमन्त्री अधिकारीले गरेको खर्चको विवरण यस प्रकार रहेको छ

१. नीलकण्ठ – ३, जीविका होटेल, पुछार बजारमा म र मेरो पिए, एवं साथीहरू करिब ४ वर्ष खाना, खाजा खाने र होटेलको कोठाको भाडा: ४ लाख ४ हजार

२. नीलकण्ठ – ३,सिरान बजार सम्पर्क कार्यालय भाडा : १ लाख २५ हजार

३. नीलकण्ठ – ३, सिरान बजार योग सेन्टरलाई फर्निचर खरिद : ७० हजार

४. नीलकण्ठ – ३, पुछार बजार कोठा भाडा : ५० हजार

५. नीलकण्ठ – ३, करिब १ वर्षको जनजीविका होटेल, पुछार बजार, खाना, खाजा : १ लाख १० हजार

६. हेटौँडामा करिब ५७ महिनाका प्रदेश अधिवेशनहरूमा भाग लिँदा, होटेल चार्ज, खाना खर्च, अन्य फुटकर खर्च : ४ लाख २५ हजार

७. नीलकण्ठ – ३, हरि बहादुर श्रेष्ठ हार्डवेयर पुछार बजारबाट विभिन्न क्षेत्रमा विपद् पर्दा सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाइका लागि पाइपहरू किनेर जनतालाई बाँडेको : ८ लाख

८. नीलकण्ठ – ३, रमेश ढकाल हार्डवेयर पुछार बजारबाट विभिन्न क्षेत्रमा विपद् पर्दा सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाइका लागि पाइपहरू किनेर जनतालाई बाँडेको : १० लाख

९. विभिन्न अन्य हार्डवेयर पसलहरू, धादिङबेसी बाट सिमेन्ट, रड, जस्तापाता, प्लम्बिङका सामान, खानेपानी र सिँचाइका लागि पाइपहरू किनेर जनतालाई बाँडेको : २ लाख ५० हजार

१०. आफ्नै गाडी पेट्रोल, मर्मत, सर्भिसिङ आदी : २ लाख १८ हजार

११. यो झन्डै ५ वर्षमा अन्य फुटकर खर्चहरू, दान, चन्दा, बिरामीलाई सहयोग आदी : ३ लाख १८ हजार
जम्मा खर्च रकम : ३७ लाख ७० हजार रुपैयाँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर