राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो: रामचन्द्र पौडेल – Nepal Press

राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनले आक्रोश पोखेका  हुन् ।

सामाजिक सञ्जाल द्वीटरमा लेख्दै जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको बताए ।

बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहारभन्दै उनले भत्र्सना गरे ।

उनले लेखेका छन्,‘जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणालीनै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संबैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।’


प्रतिक्रिया

2 thoughts on “राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो: रामचन्द्र पौडेल

  1. किन मालिक भारत रिसाउने भयो ? तिम्रो रामवरणले कुन धारा टेकेर कटुवाललाई थमौति गरेको ? लाज लाग्दैन बोल्न लुटेराहरूलाई ?

  2. रामचन्द्रजि तिमि भेज खाना खाने नोनभेज र नैतिकताहिन होु प्धानन्यायधिशको हालत आज के छ सर्वोच्च सेटिङमा चलाउन खोज्ने मतियार भै आज सम्माननिय राष्ट्रपतिज्यूबाट भेको राष्ट्रहितको ैतिहासिक कदमलाइ स्वागत गर्नुको सट्टा विरोध गर्नु आज एुटा नेपालीले गर्नै नमिल्ने लाज लाग्दो अभिव्यक्ति दिँदा तिमिलाइ जिउँदै मरेजस्तो लाग्दैन.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर