प्रतिनिधिसभामा उपेन्द्रको बयान- संविधान अझै सर्वस्वीकार्य भएन – Nepal Press

प्रतिनिधिसभामा उपेन्द्रको बयान- संविधान अझै सर्वस्वीकार्य भएन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानको सर्वस्वीकार्यताका लागि चालू प्रतिनिधिसभाले पनि सम्बोधन नगरेको बताएका छन् । चालू प्रतिनिधिसभाको अन्तिम बैठकअन्तर्गत आज बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो संसदको निर्वाचन हुनुअगाडि तराई–मधेसमा कालो दिवस मनउँदै, जनताले गोली खाँदै, राज्यले दमन गर्दै, राज्यहिंसा फैलाउँदै गरेर यो संविधान घोषणा गरिएको थियो,’ उनले भने, ‘त्यसको स्वामित्व सबै जनता र सबै समुदायले लिएको छैन् ।’ यो संसदबाट त्यो अपेक्षा रहेपनि पुरा हुननसकेको उनले बताए ।

उतिबेला संविधान पनि जबरजस्ती फास्ट ट्र्याकमा ल्याइएको अध्यक्ष यादवले टिप्पणी गरे । ‘संसार यसरी कतैपनि फास्ट ट्र्याकबाट संविधान ल्याइएको थिएन् । नेपालमा भयो,’ उनले भने ।

संविधानलाई पुनरावलोकन गर्ने, परिमार्जन गर्ने र त्रुटिहरूलाई सच्याउने र सबैले स्वामित्व ग्रहण गर्न वातावरण निर्माण गर्ने काम वर्तमान प्रतिनिधिसभाले गर्न नसकेको उनले बताए ।

संविधानमा संघीयता, प्रदेशका क्षेत्राधिकार र सीमांकनका विषय, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीका, समावेशितालगायतका विषय संशोधन गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर