देउवाले देश वर्वाद गर्न लागेको भन्दै कांग्रेसका सन्तोष यादव एमाले प्रवेश – Nepal Press

देउवाले देश वर्वाद गर्न लागेको भन्दै कांग्रेसका सन्तोष यादव एमाले प्रवेश

काठमाडौं । नेपाल कांग्रेसका प्रभावशाली प्रदेश नेता सन्तोष यादवले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज जनकपुरमा आयोजित नेपाल बौद्धिक परिषद मधेस प्रदेशको प्रथम अधिवेशनमा यादवलगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

उनले पार्टी प्रवेश गर्दै आफ्ना धारणा राखेका छन् । उनले आफूले हिजो जिल्ला नेतृत्वमा काम गरेको तथा जनआन्दोलनमा खुन पसिना बगाएको स्मरण गरे । यादवले राजनीतिक सक्रियताका क्रममा जेल परेको पनि बताए ।

पूर्वराष्ट्रपति समेतले वडाको टिकट पनि बिक्री हुने कुरा उल्लेख गरेको यादवले दाबी गरे । उनले वडाको टिकटसमेत बिक्री हुनुभन्दा लज्जास्पद के हुन्छ भनि प्रश्न गरेका छन् ।

त्यस्तै, यादवले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिए । विचार र सिद्धान्त केही नमिल्ने र यो क्षणिक भएको उनको तर्क छ । त्यस्तै, उनले कांग्रेस नेताहरु दिनभर पसलमा पान खाएर बस्ने तर जनताको काम नगर्ने आरोपसमेत लगाए ।

‘गठबन्धन ठगबन्धन हो झुटाहरुको । न विचार न सिद्धान्त मिल्छ । क्षणिक दिनको गठबन्धन हो । यही चुनावमा जनताले मुहतोड जवाफ दिनेछन्’, यादवले भने, ‘धनुषामा टिकट लिन डराउछन् कांग्रेसमा । किनकी वडाध्यक्ष सम्मको टिकट बिक्री हुन्छ । यसरी नै बेच्नुस् टिकट एकदिन भाग्नुपर्छ । कांग्रेसका नेताहरु पान खाएर दिनभर पसलमै बिताउछन् तर जनताको काम गर्दैनन् ।’

कांग्रेसको भण्डाफोर गर्दै एमालेमा लागेका यादवले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्नसमेत गरेका छन् । उनले भने, ‘शेरबहादुर दाई के मिल्यो प्रचण्ड र उपेन्द्र यादवसंग गठबन्धन गरेर । तपाई देश बर्बाद गर्दै हुनुहुन्छ ।’

त्यस्तै, यादवले आफू कर्मको आधारमा राजनीति गरिरहेको बताउँदै कामको जिम्मेवारी दिए गरेर देखाउने प्रतिवद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर