सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ? – Nepal Press
ब्लग

सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?

कुरो केही दिन अगाडिको हो । मलाई एउटा सिफारिस बनाउनु थियो । त्यो पनि विराटनगरको कोसी अस्पतालकै । सम्बन्धित चिकित्सकलाई भेट्नुपर्ने भयो । नेपालको अघिल्लो वर्ष र यसपालिको बजेट भाषणमा पनि क्यान्सर, मृगौला पीडित, मेरुदण्ड पक्षघातलगायतका केही बिरामीका लागि महिनाको ५ हजार भत्ता दिने विषय समेटिएको थियो । रकम सानो भए पनि मेरो लागि त्यो रकमले औषधि किन्न थोरै भए पनि राहत मिल्थ्यो ।

म सीधै कोसी अस्पताल क्यान्सर विभागको ओपीडी पुगें । त्यहाँ मैले अन्कोलोजिस्ट डा. रगिन कठेतलाई भेटे र भनें- मलाई तपाईंको एउटा सिफारिस चाहिएको थियो । उहाँले डकुमेन्ट देखाउन भन्नुभयो । मैले डा. विशेष पौडेल, जो हेमाटोलोजीका प्रोफेसर हुनुहुन्छ, उहाँले दिएको सिफाारिसपत्र देखाएँँ । निजामती कर्मचारी अस्पतालको लेटरहेडमा उहाँको दस्तखत भएको पत्र थियो त्यो । उहाँले अरु पनि डकुमेन्ट देखाउन भन्नुभयो । मैले भर्खरै फलोअपमा गएर आएको सिभिल अस्पतालको ओपीडी पुर्जा पनि देखाएँँ । अरु केही प्रमाणहरु पनि लगेको थिएँ, ती सबै देखाएँँ ।

तर, उहाँले तपाईंको बोनम्यारो परीक्षणको रिपोर्ट देखाउनुहोस् भनेर जिद्धी गर्नुभयो । मैले भनें- म स्वयं प्रमाण हुँ । मेरो बोनम्यारो प्रत्यारोपण गरेको एक वर्ष भयो । कुनै व्यक्तिले मलाई क्यान्सर भएको थियो भनेर भन्छ भने ऊ स्वयं प्रमाण हैन ? मैले प्रतिप्रश्न गरे । उहाँले मान्नुभएन । मैले मास्क लगाएको थिएँ । मास्क खोलिनँ । मास्क खोलेको भए मलाई चिन्नुहुन्थ्यो कि त्यो पनि थाहा छैन ।

मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो ।

अनि तपाईंले एक वर्षअघि स्वास्थ्य बीमाका लागि सिफारिस गरेको व्यक्ति पनि मै हो भन्दै त्यसको प्रमाण पनि देखाएँ । अहँ उहाँ अझै मान्नुभएन । एक मनले मेसुलाई भन्न लगाउँ कि भन्ने सोचेँ । त्यहाँका मेसु डा. यज्ञराज खरेल (दुई दिनअघि मात्र ६ महिनामै हटाइयो) लाई म राम्ररी चिन्दथें । उहाँसँँग दोहोरो चिनजान नै थियो । फेरि सुशीला पाठकलाई भन्न लगाउँ कि जो कान्तिपुर टेलिभिजनकी संवाददाता थिइन् । सुशीलासँग ती चिकित्सकको राम्रो चिनजान भएको मलाई थाहा थियो । सुशीलालाई भन्न पनि मन लागेन ।

म मकालु टेलिभिजनको समाचार प्रमुख हुँ भनौं कि भन्ने पनि सोचें । त्यो पनि भन्न मनले मानेन । किनभने मलाई सितिमिति संस्थालाई भजाउन मन लाग्दैन । म त्यत्तिकै घर फर्किएँ ।

भएभरका प्रमाणहरु लिएर फेरि त्यही पुगे । पहिलेको कोठामा उहाँ भेटिनुभएन । सोध्दैखोज्दै गएपछि उहाँलाई केमोथेरापी दिइरहेको कोठाको काउण्टरमा फेला पारें । मैले आफूले ल्याएका भएभरका प्रमाणहरु एकएक गर्दै देखाएँँ । त्यसपछि उहाँले झर्किंदै भन्नुभयो- तपाईंलाई यो पेपरमा आफैं बाठो भएर भर्न कसले सिकायो । मैले भनें- वडा कार्यालयमा मैले यो फारम लिँदा आफैं भर्न भनिएको भएर भरेको हो, तपाईं हस्ताक्षर गर्दिनु न भनें ।

तर, उहाँ मान्नुभएन । उहाँले हकार्दै काउण्टरबाट एउटा नबुझिने फोटो कपि पेपर निकालेर आफैं भर्न थाल्नुभयो, जो उहाँसँग पनि रहेछ । अनि नबोली मलाई दिनुभयो । त्यसपछि म नरमाइलो मान्दै वडा कार्यालयमा आएर त्यो सिफारिसपत्र बुझाएँ । पटकपटक मरेर बाँचेको म क्यान्सर सर्भाइभर, मैले त यथेष्ठ प्रमाण हुँदाहुँदै एउटा सरकारी डाक्टरबाट यस्तो भुक्तमान खेप्नुपर्‍यो भने सर्वसाधारणको के हविगत होला कल्पना गरौं ।

प्रतिक्रिया

3 thoughts on “सरकारी डाक्टरको व्यवहार कहिलेसम्म यस्तो ?

  1. तिमी जस्तो दिमखा नभएको मान्छे सिधा सिधा कुरा गर्नु पर्छ नि घुमाएर कुरा गरे पछि एत्रो मान्छ त l

    1. तपाइको बिचारमा मैले सोर्स लगाउनु, सस्थालाइ भजाउनु पर्थो ?

  2. यो खबर पढ्दा अतिनै दु:ख लाग्यो ! मेरा मित्र क्यान्सरको चरम पीडा बाट बल्ल नर्मल अवस्थामा आउदै हुनुहुन्छ । राज्यले दिने अलिकति सुबिधाले भएपनी मलम पट्टी लाग्छ कि भनेर सिफारिस लिन जादा अनावश्यक दुख दिने त्यो डाक्टरलाई सम्बन्धित निकायद्वारा स्पष्टीकरण सोधियोस ! नत्र हामीले नै सम्झाउनु नपरोस् ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *