नागरिकता विधेयक पुनः पारित भएपछि कस्ले के भने ? – Nepal Press

नागरिकता विधेयक पुनः पारित भएपछि कस्ले के भने ?

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यता विपरीत नागरिकता विधेयक पारित गरिएको बताएका छन् ।

नागरिकता विधेयक पारित भएपनि बिहीबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले नागरिकता विधेयक बहुमतले पारित गरेर सत्तारुढ दललाई नै पश्चाताप हुने काम गरेको बताए । उनले संसदीय मूल्यमान्यता मान्नेहरुका लागि यो गम्भीर विषय भएको बताए ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता बिधेयक फिर्ता पठाउनु गल्ती भएको कुरा संसदले सावित गरेको जिकिर गरे । नेपाली नागरिकलाई नागरिकता बिहीन बनाएर राख्नुहुन्न भन्ने सन्देश गएको उनको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले राष्ट्रपतिले पुर्नबिचारका लागि पठाइएको बिधेयकलाई जस्ताको जस्तै पारित हुनु उचित नभएको बताए ।

बिहीबारको प्रतिनिधिसभा बैठकले नागरिकता विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको थियो ।


प्रतिक्रिया

One thought on “नागरिकता विधेयक पुनः पारित भएपछि कस्ले के भने ?

  1. एमसिसि बेठिक‌, नागरिकता बेठिक अनि गठबन्धन ठिक कसरी दुर्गादिदी? चुनावमा उनीहरूको भोटले जितेका भनेर हो? हो भने धिक्कार छ तपाईंजस्ता यान्त्रिक व्यक्तिलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर