निहारिका बलात्कारका आरोपी श्रेष्ठमाथि अभद्र व्यवहार मुद्दा – Nepal Press

निहारिका बलात्कारका आरोपी श्रेष्ठमाथि अभद्र व्यवहार मुद्दा

जनकपुरधाम । काठमाडौंमा अनसनरत कुमारी आमा निहारिका राजपुतले आफूलाई बलात्कार गरेको आरोप लगाएका शिवराज श्रेष्ठमाथि प्रहरीले अभद्र व्यवहार मुद्दा लगाएको छ ।

महेन्द्रनगर घर भएका श्रेष्ठलाई धनुषा प्रहरीले मंगलवार साँझ जनकपुरको कदम चोक क्षेत्रबाट पक्राउ गरेको थियो । अभद्र व्यवहारमा अनुसन्धान गर्न उनीमाथि जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद दिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप बहादुर क्षेत्रीले प्रहरीलाई दुर्व्यवहार गरेपछि श्रेष्ठलाई पक्राउ गरेको बताएका थिए । प्रहरीले अनुसन्धान पनि त्यही सन्दर्भमा अगाडी बढाएको छ । तर उनलाई गृह मन्त्रालयको आदेशमा धनुषा प्रहरीले पक्राउ गरेको स्रोतको दाबी छ ।

बलात्कार मुद्दामा जिल्ला अदालत धनुषाले श्रेष्ठलाई सफाई दिएपछि पीडित निहारिका आन्दोलित छन् । केहि दिनअघि उनले राष्ट्रपति भवन अगाडी आत्मदाह गर्ने प्रयास गरेपछि प्रहरीले बचाएको थियो ।

आरोपी श्रेष्ठको डिएनए परीक्षण गर्न निहारिकाको मुख्य माग छ । श्रेष्ठ पनि आफू डिएनए परीक्षण गर्न तयार रहेको बताइरहेका छन् । तर त्यसका लागि निहारिकाले अदालती प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर