बर्दिया राष्ट्रिय निकुञ्जबाट शिकारी पक्राउ – Nepal Press

बर्दिया राष्ट्रिय निकुञ्जबाट शिकारी पक्राउ

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट शिकारी पक्राउ परेका छन् । नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको टोलीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम खुलाइएको छैन । तर उनको साथबाट विभिन्न हात हतियार र सामग्री पनि बरामद गरिएको छ ।

सेनाका अनुसार उनको घरबाट दुई नाले १२ बोर बन्दुक १ नाल, थ्री नट थ्री राउण्ड ४ गोटा, ए६ एमएमकेएफ १६ गोटा, ओएफभी ए सेभेन राउण्ड १२ गोटा, ओएफभी२०१० ५.५६ राउण्ड २ गोटा, एमके३ एक्सपोज १ थान, एईके करिब १ य ग्राम र पटका रोल २१ बरामद गरिएको छ ।

यस्तै छालासहितको मासु करिब ७ सय ग्राम, सुकुटी मासु करिब ४ सय ग्राम, सुकुटी मासु पकाउने जाली २ गोटा, मोबाइल तीन, छर्रा २१ गोटा, मोटरसाइकल १ र १२ बोर कार्तुस भरेको ८ र खाली ५ गरी १३ गोटा बरामद भएको सेनाले जनाएको छ ।

मध्यवर्ती क्षेत्रमा अनुगमनका लाग राखिएका स्वचालित क्यामेराको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर