विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग – Nepal Press

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

रुपन्देही । अखिल क्रान्तिकारी दाङले विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराले बिहीबार विज्ञप्ती सार्वजनिक गर्दै विद्यार्थीमाथि खेलवाड गर्ने शिक्षकलाई तत्काल कारबाहीको माग गर्दै नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेकाले घटनामा संलग्न सवैलाई तत्काल पकाउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।

विज्ञप्तीमा कुटपिटमा संलग्न शिक्षक पाटेश्व्र यादव यसअघि पनि विभिन्न घटनामा विवादित रहेकाले उक्त शिक्षकलाई कडा भन्दाकडा कार्वाही गरि तुरुन्त बर्खास्त गर्न सम्वन्धित पक्षलाई आग्रह गरिएको छ ।

राजपुर गाउँपालिका जनज्योती माविकाे कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई उक्त विद्यालयमा अध्यापनरत निमावि, राहत शिक्षक पाटेश्वर यादवले आफ्नो छोरी सुनिता यादवसँग प्रेम सम्बन्धमा रहेको भन्दै छोरीलाई नै बोलाउन लगाएर निर्घात कुटपिट गरेर घाइते बनाएका थिए ।

उनको नेपालगञ्ज नर्सिङ होममा उपचारत घाइते विद्यार्थी मन्साराम यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर