संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार, खाका पठाउन सामान्य प्रशासनको परिपत्र – Nepal Press

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार, खाका पठाउन सामान्य प्रशासनको परिपत्र

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको खाका पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सबै कार्यालयमा बजेटमा घोषणा भएको १० प्रतिशत दरबन्दी कटौतीको खाका १५ दिनभित्र पठाउन परिपत्र गरेको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा ‘संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन’ भन्ने उल्लेख छ ।

‘बजेटमा व्यवस्था भए बमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडि बढ्ने क्रममा रहेको सन्दर्भमा त्यहाँ मन्त्रालय र अन्तर्गतको दरबन्दी संरचनामा कम्तिमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिनभित्र यस मन्त्रालयमा पेश गर्नुहुन अनुरोध छ’, मन्त्रालयको सूचनामा उल्लेख छ ।

मन्त्रालयका संगठन विकास महाशाखाका संगठन विकास महाशाखा प्रमुख अधिकारीका अनुसार दरबन्दी कटौतीको कार्य सम्पादनका लागि ‘प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग’ गठन हुनेछ । मन्त्रीपरिषद्को निर्णयले उक्त आयोग गठन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर