पश्चिमी नाकाबाट भित्रिँदै कोरोना – Nepal Press

पश्चिमी नाकाबाट भित्रिँदै कोरोना

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक साता कोरोना संक्रमितहरुको संख्या बढ्न थालेका छन् । कोरोना पुष्टि भएका करिब आधा व्यक्ति भारतबाट आएको खुल्न आएको छ ।

बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २१ जना भारतबाट आएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६५३ जनाको परीक्षण गर्दा ६१ जना संक्रमित भेटिएका हुन् । ५४ जनामा एन्टिजेन र सात जनामा पीसीआर परीक्षण विधिबाट संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आएका ११, कैलालीको गौरीफन्टा नाका हुँदै आएका १४ जना र बैतडीको झुलाघाट नाका हुँदै आएका १ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्ला पटक भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँबाट घर फर्किनेहरूमा पनि संक्रमण बढी देखिन थालेको हो ।
हिजो प्रदेशभरि ५४ जना संक्रमित फेला पर्दा १५ जना संक्रमित भारतबाट आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर