कांग्रेस बैठकमा प्रस्ताव- प्रदेश खारेज गरौँ, हिन्दू राज्यको एजेण्डा बोकौँ – Nepal Press

कांग्रेस बैठकमा प्रस्ताव- प्रदेश खारेज गरौँ, हिन्दू राज्यको एजेण्डा बोकौँ

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा संघीयता र धर्म निरपेक्षता खारेजीको कुरा उठेको छ । मंगलवारको बैठकमा केन्द्रीय सदस्य भीम पराजुली र प्रकाश स्नेहीले हिन्दूराज्यको एजेण्डा बोकेर कांग्रेस जानुपर्ने बताएका हुन् ।

विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीले वैदिक सनातन धर्मको मान्यता अनुरूप हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाएर कांग्रेसले धार्मिक स्वतन्त्रको पक्षमा उभिनुपर्ने बताएका हुन् ।

उनले धर्म निरपेक्षता खारेजीको एजेण्डालाई कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए । पराजुलीले अहिलेकै अवस्थाको संघीयता काम नरहेको भन्दै प्रदेशहरू खारेज गर्ने वा बलियो बनाउनेमध्ये एउटा विकल्प लिनुपर्ने बताए ।

यसअघि मङ्गलवारको बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पनि धर्म निरपेक्षताको पुनरावलोकन गर्न जरुरी रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर