प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न १० अर्ब खर्च हुने अनुमान – Nepal Press

प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।

मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी मंसिर २२ मा समाप्त हुँदैछ । आयोगले यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै मंसिर २ को मिति सरकारसमक्ष सिफारिस गरिसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।

उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसअघि २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर