जसपा सांसद यादव पार्टीबाट बर्खास्त, चुनावमा अन्तर्घात गरेको आरोप – Nepal Press

जसपा सांसद यादव पार्टीबाट बर्खास्त, चुनावमा अन्तर्घात गरेको आरोप

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशका सांसद कौशलकुमार यादवलाई कारबाही गरेको छ ।

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै जसपा जिल्ला समन्वय समिति महोत्तरीको बैठकले सांसद यादवलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको हो ।

जसपा महोत्तरी जिल्ला समन्वय समितिका अध्यक्ष रामप्रकाश यादवले विज्ञप्तिमार्फत यादवमाथिको कारबाहीबारे जानकारी गराएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद यादव संविधानसभा सदस्य पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर