वामदेवको पार्टी एक सातामै भंग, गौतमको निष्कासनपछि युवराज सफल बने संयोजक – Nepal Press

वामदेवको पार्टी एक सातामै भंग, गौतमको निष्कासनपछि युवराज सफल बने संयोजक

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेर निर्वाचन आयोगमा दर्ता नहुँदै अभियानका संयोजक वामदेव गौतमलाई अन्य चार घटकले निष्कासन गरेका छन् ।

गौतमसहित पाँच घटक मिलेर नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय समिति गठन भएको थियो । गौतमलाई निष्कासित गरेर चार घटकले अभियानको संयोजकमा युवराज सफललाई चयन गरेको जनाएका छन् ।

सफल अभियानमा आबद्ध साजवादी केन्द्र नेपालका हुन् । सो अभियानमा आधुनिक नेपाल समाजवादी पार्टी,नेकपा राष्ट्रवादी र आम नेपाली पार्टी समेत आबद्ध छन् ।

शनिवार मात्रै पाँच बुँदे आरोप लगाएर गौतमलाई निष्कासित गरेका घटकले प्रेस विज्ञप्ति जारी गर्दै सतुंगलमा बसेको भेलाले गौतमलाई बहुमतबाट निष्कासन गरिएको जनाएका छन् ।

उनीहरूले अभियानका सचिवालय सदस्य युवराज सफललाई संयोजक चयन गर्दै गत असार ११ गते निर्माण भएको केन्द्रीय समिति भंग भएको घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर