सिरुटारमा ओली दम्पतीले मेसिनबाट रोपे धान (तस्बिरहरू) – Nepal Press

सिरुटारमा ओली दम्पतीले मेसिनबाट रोपे धान (तस्बिरहरू)

काठमाडौं । आज असार १५, यसपटक पनि राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विभिन्न संघसंस्था र राजनीतिक दलले रोपाइँ गर्दै दहीचिउरा खाएर असार १५ मनाएका छन् ।

यसैक्रममा नेकपा एमालेसम्बद्ध अखिल नेपाल किसान महासंघको आयोजनामा भक्तपुरको सिरुटारमा रोपाइँ महोत्सव आयोजना गर्‍यो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यसहित खेतमा पुगेका थिए ।

कार्यक्रममा ओलीदम्पतीले मेसिनबाट रोपाइँ गरे । सँगै अन्य नेता कार्यकर्ता पनि रोपाहार र बाउसे बने ।

कार्यक्रममा ओलीले नेपालको भूबनोटअनुसार उपयुक्त हुने भएकाले धानबालीमा जोड दिनुपर्ने बताएका छन् । धानको व्यवसायीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने उनको जोड छ ।

‘प्लटिङ सिस्टमले गर्दा जथाभावी बस्ती बसालिएको छ, र कहाँ बस्ती, कहाँ खेती भन्ने गोलमाल भइराखेको छ ’, ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर