जब बिहेको जग्गेमै उफ्रिउफ्री नाचे सुनिसा र राज – Nepal Press

जब बिहेको जग्गेमै उफ्रिउफ्री नाचे सुनिसा र राज

काठमाडौं । हास्य टेलिश्रृंखला तितो सत्यमा बाल कलाकारको रूपमा अभिनय गरेर दर्शकमाझ परिचित बने राज आचार्य । ठूलो भएपछि भने उनी काँचको पर्दाबाट हराए । अहिले फेरि एकाएक भाइरल बनेका छन् ।

राज भाइरल हुनुको कारण अरू केही नभएर उनको विवाह हो । उदीयमान मोडल÷कलाकार सुनिसा बजगाईँसँग उनले हालै लगनगाँठो कसेका छन् । यो जोडीको विवाह केही दिनदेखि टिकटकमा हटकेक बनिरहेको छ ।

गत मङ्गलवार राजधानीको एक पार्टी प्यालेसमा उनीहरूले धूमधामसँग बिहे गरेका थिए । विहेमा दीपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा लगायत सीमित कलाकारहरूको उपस्थिति थियो । त्यसको भोलिपल्ट रिसेप्सन पार्टी आयोजना गरे उनीहरूले ।

अहिले बिहेदेखि पार्टीसम्मका भिडियो क्लिपहरू टिकटकमा छरपस्ट छन् ।

विवाह र पार्टीमा यो जोडीले खुबै मस्ती गरेको थियो ।

विवाहमा बेहुली लजाउने परिपाटीविपरित सुनिशा बिन्दास पारामा पेस भएकी थिइन् । विवाहको एउटा भिडियोले अहिले सर्वाधिक कमेन्ट बटुलिरहेको छ, जहाँ विवाहको जग्गेमा नै बेहुला र बेहुली उफ्रिउफ्री नाचिरहेका देखिन्छन् ।

यस भिडियोमा हजारौँले प्रतिक्रिया व्यक्त गरेका छन् । केहीले आफ्नो विवाहलाई उत्सवको रूपमा लिएर रमाएको सुनिसाको प्रशंसा गरेका छन् । धेरैले चाहिँ बेहुली हुँदा पनि उत्ताउलोपन देखाएको भन्दै आलोचना गरेका छन् ।

एकजनाले लेखेका छन्, ‘संसारमा कसैले नगरेको बिहे यिनीहरूले नै गरेछन् ।’

@tauwaevents #fyp #tiktoknepal #teamtauwaevents #goviral #sunishakobihe #sunisharaj #dance ♬ original sound – Tauwa Events


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर