सुदूरपश्चिमको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने – Nepal Press

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

प्रदेश सभाको १० औँ अर्थात् बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताए ।

उनका अनुसार १६ गते ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर