मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस – Nepal Press

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी, प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाअनुसार गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका विष्‍णुबहादुर विष्‍ट ९७१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद ढकालले ७७७१ मत ल्याए ।

यसैगरी उपमेयरमा गठबन्धनबाटै नेपाली कांगेसका भरत गोपाली ८६०७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकै कल्‍पना बलामीले ८५२२ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर