ललितपुरका कोन्ज्यसोम र महालक्ष्मीबाहेक सबै तहमा कांग्रेसको अग्रता – Nepal Press

ललितपुरका कोन्ज्यसोम र महालक्ष्मीबाहेक सबै तहमा कांग्रेसको अग्रता

काठमाडौं । ललितपुरका छ स्थानीय तहमध्ये महानगरपालिकासहित चारवटाको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

महालक्ष्मी नगरपालिका र कोन्ज्यसोम गाउँपालिकाको प्रमुखमा भने नेकपा एमालेले अग्रता लिएको छ ।

ललितपुर महानगरपालिकामा ४ हजार ९ सय २६ मत गणना हुँदा मेयरका प्रत्यासी चिरिबाबु महर्जन २ हजार ७ सय ५१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका हरिकृष्ण ब्यन्जनकारले एक हजार ८६ मत प्राप्त गरेका छन् । अहिले २,३ र ४ नम्बर वडाको मतगणना भइरहेको छ । एक नम्बरको वडाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार ६ सय ६१ मतसहित निर्वाचित भएका छन् ।

गोदावारी नगरपालिकामा १४ हजार २ सय ५५ मत गणना हुँदा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले ५ हजार ९ सय ५० र एमालेका गम्भीरबहादुर रानाले ५ हजार ३ सय २५ मत ल्याएका छन् । उक्त नगरपालिकामा वडा १, २, ३, ४ र ५ को मत गणना भइसकेको छ भने अहिले वडा ६ र ७ को मत गणना भइरहेको छ ।

वडाध्यक्षतर्फ १ मा नेपाली कांग्रेसका श्रीराज थापा, २ मा नेपाली कांग्रेसका मनोहर सिल्वाल, ३ मा माओवादी केन्द्रका सानुराजा घिमिरे, ४ मा नेपाली कांग्रेसका सानुभाई नगरकोटी र ५ मा नेपाली कांग्रेसका मिलन सिलवाल निर्वाचित भएका छन् ।

महालक्ष्मीमा २ हजार एक सय ९८ मत गणना हुँदा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठले ९ सय ६२ र माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ९ सय ३३ मत ल्याएका छन् । एक नम्बर वडाको मतगणना सकिएको छ भने अहिले २ र ९ नम्बर वडाको मत गणना भइरहेको छ । महालक्ष्मी–१ को वडाध्यक्षमा नेकपा एमालेका छिरिङ लामा निर्वाचित भएका छन् ।

महाकांल गाउँपालिकामा नेपाली कांग्रेसका गणेश केसीले २ हजार २ सय १० मत ल्याएका छन् भने एमालेकी कमला लामा तामाङले एक हजार ८ सय ८४ मत प्राप्त गरेकी छिन् । हालसम्म ३ हजार २ सय १२ मत गणना भइसकेको छ ।

वडाध्यक्षतर्फ महाकाल–६ मा नेपाली कांग्रेसका बिनोद चौरेल, ५ मा कांग्रेसकै भुमिनन्द घिमिरे र ४ मा कांग्रेसकै कृष्णप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । अहिले तीन नम्बर वडाको मत गणना भइरहेको छ ।

वाग्मतीमा ४ हजार ६६ मत गणना हुँदा नेपाली कांग्रेसका वीरबहादुर लोप्चनले २ हजार २ सय ७० र एमालेका नवराज सन्जेलले १ हजार ५ सय ३ मत ल्याएका छन् । वडाध्यक्षतर्फ १ मा नेपाली कांग्रेसका ज्ञानबहादुर, २ मा नेपाली कांग्रेसका रामबहादुर भोलुन तामाङ र ३ नम्बरमा कांग्रेसकै नवराज खड्का निर्वाचित भएका छन् । अहिले ४ नम्बर वडाको मत गणना भइरहेको छ ।

कोन्ज्यसोममा ५ हजार १ सय ७९ मत गणना हुँदा नेकपा एमालेका कृष्णमान लामाले २ हजार ६ सय ६७ र माओवादी केन्द्रका गोपिलाल सिन्तानले एक हजार ८ सय ६ मत ल्याएका छन् । वडाध्यक्षतर्फ १ मा माओवादीका सन्तलाल महर्जन, २ मा एमालेका रोहन घलान लामा, ३ मा कांग्रेसका तिलकबहादुर भोम्जन र ४ मा कांग्रेसकै तीर्थबहादुर घलान निर्वाचित भएका छन्। अहिले वडा ५ को गणना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर