काठमाडौं अपडेटः ७५ भोट गन्दा यस्तो छ परिणाम – Nepal Press

काठमाडौं अपडेटः ७५ भोट गन्दा यस्तो छ परिणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएकोमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो अपडे‍ट प्राप्त भएको छ । जसअनुसार वडा नम्बर १ का ५० भोट गन्दा बालेन र कांग्रेसकी उम्मेवार सिर्जना सिंहले ११-११ भोट ल्याएकी छन् । एमालेका केशव स्थापितको ९ भोट छ ।

यस्तै वडा नम्बर ३२ मा २५ भोट गणना हुँदा बालेनको ११, सिर्जनाका ७ र स्थापितको ४ भोट आएको छ । यहाँ राप्रपालाई ३ भोट प्राप्त भएको छ ।

कुल मिलाएर अहिलेसम्म ७५ भोटको गणना सकिएकोमा बालेनले सर्वाधिक २२ मत ल्याएका छन् । दोस्रोमा सिर्जनाले १८ र स्थापितले १३ भोट ल्याएका छन् ।

२०७४ मा यी दुवै वडा एमालेले जितेका थिए । सुरुवाती परिणामअनुसार एमालेका स्थापित दुवै वडामा तेस्रोमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर