देउवालाई विशाल भट्टराईको सुझाव- एमालेसँग पाँच दलले पुग्दैन अरू पनि मिलाउनुहोस् – Nepal Press

देउवालाई विशाल भट्टराईको सुझाव- एमालेसँग पाँच दलले पुग्दैन अरू पनि मिलाउनुहोस्

खोटाङ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जस्तोसुकै गठबन्धन भए पनि एमाले एक्लै लड्ने बताएका छन् ।

गृह जिल्ला खोटाङ पुगेका भट्टराईले पाँच दलसँग अन्य दलहरू मिलेर एकजुट भए पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ‘एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले हामी मिलौँ’ भन्ने भनाइ प्रति लक्षित गर्दै भट्टराईले भने, ‘पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्री ज्यू अरू पनि छरिएका कोही छन् भने मिलाउनुहोस् एमाले एक्लै लड्न तयार छ ।’

उनले अहिलेका पाँच दललाई गठबन्धन शब्द नफापेको हुँदा गठबन्धनको पर्यायवाची शब्द राख्न समेत सुझाव दिएका छन् ।

एमालेको पोलिटब्युरो सदस्य समेत रहेका भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर