पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने – Nepal Press

पढाई छुटेका विद्यार्थीका लागि नोबेलले बेग्लै कक्षा सञ्चालन गर्ने

काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्ने भएको छ ।  काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो ।

सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी घिमिरे र सल्लाहकार डा.केपी शर्मासहित दश जना विद्यार्थीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा विद्यार्थीहरु अमृत रिजाल, सदिक्षा आचार्य, सदिक्षा चापागाई, दिपेश पौडेल, श्रद्धा मैनाली, अभिषेक मावो, राजन शाह, प्रशेष जोशी, मनोज न्यौपाने र तमुन्ना कार्कीले हस्ताक्षर गरेका छन् । सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको अध्ययन रिकभर गर्ने गरी चैत ७ गतेबाट २ महिनासम्मका लागि कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

विद्यार्थीहरुका लागि सोही अवधिमा प्रत्यक शनिवार छुट्टै प्राक्टिकल कक्षा सञ्चालन गरिनेछ । पहिलो सेमेष्टरको कोर्स सकिएपछि मात्र कलेजले उक्त सेमेष्टरको छुट्टै परीक्षाको व्यवस्था मिलाउँने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर