विष्णु रिमालको प्रश्न: चुनावमा जाँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने, मेयरले किन दिने ? – Nepal Press

विष्णु रिमालको प्रश्न: चुनावमा जाँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने, मेयरले किन दिने ?

काठमाडौं । नेकपा एमाले उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा जानुअघि पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिन नपर्ने तर्क गरेका छन् । मेयर वा अध्यक्ष स्थानीय तहको प्रधानमन्त्री भएको भन्दै उनले पद खाली गरेर चुनावमा जान नपर्ने तर्क गरेका हुन् ।

‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन’ उनी भन्छन्, ‘स्थानीय तहका ‘प्रधामन्त्री’ पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरी चुनावमा जानुअघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन ?’

चुनावमा पदको दुरुपयोग हुन नहुने तर सेवा नै प्रभावित हुने गरी पद खाली गर्न नहुने उनको भनाइ छ । ‘निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?’ उनको प्रश्न छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर