पूर्वतयारीमा चुक्दा विपद् व्यवस्थापनमा सधैं बजेट छैन भन्ने प्रवृत्ति छ: गृहमन्त्री लामिछाने – Nepal Press

पूर्वतयारीमा चुक्दा विपद् व्यवस्थापनमा सधैं बजेट छैन भन्ने प्रवृत्ति छ: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमा समेत ‘बजेट छैन भन्ने प्रवृत्ति’ अन्त्य गर्नुपर्ने बताएका छन् ।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे संघीय सरकारले गरिरहेका कामबारे जानकारी दिने क्रममा मन्त्री लामिछानेले विपद्को पूर्वतयारी र व्यवस्थापनमा बजेट अभावलाई कारण बनाउन नहुने बताएका हुन् ।

‘नागरिकको सुरक्षा र ज्यान जोगाउने विषय सरकारको अनिवार्य दायित्व हो । यो दायित्व पूरा गर्न स्रोतसाधनको अभाव हुनुहुँदैन’, उनले भने, ‘स्रोतसाधनको जोहो गर्न समितिले पनि सरकारलाई निर्देश गरोस् । हामीले निरन्तर बजेट छैन भन्ने सुन्दै आएका छौं । तर, कति छैन र कसरी जुटाउन सकिन्छ भन्नेबारे पर्याप्त छलफल हुँदैन ।’

गृहमन्त्री लामिछानेले मन्त्रालय त्यसबारे खुलेर छलफल गर्न, आवश्यक स्रोतको जोहो गर्न र भएका कमीकमजोरी सच्याउन तयार गरेको बताए । क्षति न्यूनीकरणको पूर्वतयारीभन्दा विपद्पछिको व्यवस्थापनमा मात्रै केन्द्रित हुने प्रवृत्तिका कारण पनि स्रोतमा भार परिरहेको उनको भनाइ छ ।

उनले पूर्वतयारीमा सचेत र सजग हुनसके क्षति स्वतः घट्ने भए पनि पूर्वतयारीमै चुक्दा विपद् व्यवस्थापनमा सधैं बजेटको सन्दर्भ आउने गरेको औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर