कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ – Nepal Press

कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ ।

बालुवाटारमा बसेको सत्तापक्ष र कांग्रेसको शीर्ष नेताहरुबीचको छलफलमा दुवै बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने– आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उृभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं। यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं। दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।

 


प्रतिक्रिया

One thought on “कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

  1. कैलाश सिरोइयाको बचाउ गर्नु कांग्रेशको धर्म हो !!
    १. किन भने सिरोयिया माथिको कारबाही कुनै ‘समाचार’ प्रकासित गरेकोले हैन ‘नागरिकता’ किर्ते गरेको कारण हो !! अनि ‘जसलाई पनि नेपाली नागरिकता दिनु पर्छ’ भन्ने नागरिकता बिधेयकलाई पौडेलको ‘रास्ट्रपति’ पावर लगाएर किर्ते गरी पास गर्यो जसलाई बिद्या भण्डारीले देश हित बिपरित छ भनेर रोकेकी थियिन !!
    २. नागरिकतामा त्येत्ति उदार कांग्रेसले सिरोयिया बोक्नु त उसको कर्तब्य हो, नागरिकता विधेयकको रक्ष्या गर्दै सिरोयिया जस्ता पिडितको पक्ष्य लागेर न्याय दिलाउनि, रास्ट्रियता, प्रजातन्त्र र गणतन्त्र बचाउनु कांग्रेश जस्तो लोकतन्त्रको मसिहाको जिम्मेवारी हो !!
    ३. गाउ गाउँका ठेट्नाहरुको त कथा अर्कै होला तर कांग्रेशका ८०% नेता २ वटा नागरिकता बोकेर बसेका छन् : यता कमाइ हुन्जेल यतै ठिक नत्र उतै जाउला !!!
    मिसन ८४, कांग्रेश मुक्त देश !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर