बालुवाटार बैठकपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक भयो (भिडिओ) – Nepal Press

बालुवाटार बैठकपछि कांग्रेसले भन्यो- छलफल सकारात्मक भयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सदनको जारी गतिरोध हटाउन विषयमा बालुवाटार भएको छलफल सकारात्मक भएको जनाएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टिओआर टुंग्याउन बसेको बैठक सकारात्मक भएपनि कुरा नटुंगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, समिति गठन गर्ने कुरा भइरहेको छ। व्यक्ति र सहकारीको नाम राख्ने भन्दा पनि उठेको बिषयलाई सम्बोधन गर्नुपर्छ ।

सहकारीमा लाखौं मानिसको बचत भएको छ। कतिपयले अपचलन र ठगी भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर