सभामुखको भूमिकाले संसद प्रतिपक्षको हुन्छ भन्ने मान्यतालाई उल्लंघन गर्‍यो : प्रदीप पौडेल – Nepal Press

सभामुखको भूमिकाले संसद प्रतिपक्षको हुन्छ भन्ने मान्यतालाई उल्लंघन गर्‍यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले विपक्षी दललाई बोल्न नदिएर संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आजको प्रतिनिधि सभाको बैठकबाट सभामुखले नयाँ प्रचलन सुरु गरेको बताए।

उनले भने, ‘प्रतिपक्षलाई पनि अब संसदमा बोल्न रोक लगाइएको छ। प्रतिपक्षले बोल्न पाउनुपर्‍यो भन्दा सभामुखले बोल्न दिनुभएन। संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ। सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ। सभा शुरु हुनु अगाडी प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो। आज त्यो पनि बन्द गरिएको छ।’

सरकारले संसद एकलौटी ढंगबाट चलाउने, जबरजस्त गर्ने, सभामुख सम्पूर्ण रूपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको उनको बुझाइ छ।

उनले थपे, ‘सरकारबाट समस्या हल गर्ने होइन संसदलाई बन्दी बनाउने संसदबाट प्रक्रियागत ढंगबाट होइन, जबरजस्ती अगाडि बढ्ने गरी कार्यदिशा तय गरिएको सभामुखको भूमिकाबाट प्रष्ट हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर