गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए ३० मत, सभामुखले गरे बहुमतको घोषणा*
राप्रपा तठस्थ

२०८१ वैशाख २३ गते १८:२१

पोखरा । सभामुखले मत हालेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदको समर्थन पाएका छन् ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका हुन् ।
पक्षमा एमालेका २२, माओवादी केन्द्र ७ र राजीव गुरुङ (दीपक मनाङे) ले समर्थन जनाए । जसलाई सभामुख कृष्णप्रसाद धितालले बहुमत भएको घोषणा गरे ।
प्रस्तावको विपक्षीमा नेपाली कांग्रेसका २७ सांसदले मत हाले । राप्रपाका दुई सांसद तठस्थ रहे । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् ।
( समाचारमा केही तथ्य फरक परेकाले सच्याइएको छ– सम्पादक)
प्रतिक्रिया
गाईजात्रा भएछ ।