देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेः एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ – Nepal Press

देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भनेः एक वर्षभित्र तीनै तहको निर्वाचन हुनेछ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीनै तहको निवार्चन सम्पन्न हुने बताएका छन् । गठबन्धन सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले तीनै तहको निर्वाचन तयारी अगाडि बढाइएको बताएका हुन्।

‘एक वर्षभित्रै तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको छ । निर्वाचनको पूर्वतयारी गर्न म सम्बन्धित निकायहरुलाई आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले भने ।

उनले संसदमा रहेका सबै राजनीतिक दलहरुबीच संवाद र सहमति जुटाउन सरकार प्रतिवद्ध रहेको बताए । संसदमा विचाराधीन सबै विषयमा संसदमा रहेका सबै दलहरुसँगको संवादका आधारमा निष्कर्षमा पुग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर