प्रधानन्यायाधीशमाथि महाअभियोगका लागि एमालेलाई मनाउन हड्ताली वकिल बालकोटमा (तस्बिरहरू) – Nepal Press

प्रधानन्यायाधीशमाथि महाअभियोगका लागि एमालेलाई मनाउन हड्ताली वकिल बालकोटमा (तस्बिरहरू)

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हड्ताली न्यायाधीश समूहका सहयोगी वकिलहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्दै बालकोट पुगेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध महाअभियोग लगाउन दबाब दिँदै आन्दोलनकारी बार पदाधिकारीले यसअघि सभामुख, प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुजाइसकेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन उनीहरूले अध्यक्ष ओलीसँग याचना गरेका छन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशमाथि सर्वत्र विरोध भइरहेको भन्दै उनलाई महाअभियोगको पर्याप्त आधार रहेको जिकिर गरे ।

भेटमा ओलीका प्रखरविरोधी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठसमेत सहभागी छन् भने एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल पनि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर