नेटफिल्क्स फिल्म हेर्न प्रधानमन्त्रीलाई निम्तो, ‘फोर्टिन पिक्स’ पहिलो सातामै बढी हेरिने सातौं स्थानमा – Nepal Press

नेटफिल्क्स फिल्म हेर्न प्रधानमन्त्रीलाई निम्तो, ‘फोर्टिन पिक्स’ पहिलो सातामै बढी हेरिने सातौं स्थानमा

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले आफूमाथि नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ हेर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पूर्जाले देउवालाई फिल्मबारे बताएका थिए । पूर्जामाथि बनेको उक्त फिल्मबारे आफूले पनि मिडियाबाट सुनेको र समय मिलेसम्म फिल्म हेर्ने वचन देउवाले दिएका थिए ।

आफू र प्रधानमन्त्रीबीचमा फिल्म र त्यसले नेपालको पर्यटनमा विश्वभर पारेको सकारात्मक प्रभावबारे छलफल भएको पूर्जाले नेपाल प्रेसलाई बताए । पूर्जाले सो अवसरमा आफ्नो बायोग्राफी पुस्तक बियोन्ड पसिबल पनि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

‘प्रधानमन्त्रीज्यू र मबीच फिल्म र यसको सकारात्मक प्रभावबारे छलफल भयो’ निम्सदाइ उपनामले समेत चर्चित पूर्जाले नेपाल प्रेसलाई भने, ‘नेपालको पर्यटन र विश्वभर कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्नेबारे पनि छलफल भयो ।’

नोभेम्बर २९ देखि पूर्जाको फिल्म फोर्टिन पिक्स नेटफिल्क्समा रिलिज भएको छ । रिलिज भएको केही दिनमै यो फिल्म पछिल्लो साता सर्वाधिक हेरिने नेटफिल्क्स फिल्मको सातौं स्थानमा सूचीकृत भएको छ । यो फिल्मले २०१ ओभरभ्यू प्राप्त गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर