विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि – Nepal Press

विमलेन्द्र निधिका भाइ धनुषाका क्षेत्रीय सभापति, श्रीमती महाधिवेशन प्रतिनिधि

निधिविरुद्ध पार्टी कार्यालयमा कार्यकर्ताको उजुरी

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्ना भाइ धीरेन्द्र निधिलाई क्षेत्रीय सभापति र श्रीमती अनामिकालाई महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत निधिले गृहजिल्ला धनुषामा भाइलाई तीन नम्बर क्षेत्रीय सभापति र श्रीमतीलाई महाधिवेशन प्रतिनिधि बनाएका हुन् ।

कांग्रेस सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका निधिका भाइ धीरेन्द्र सक्रिय राजनीतिमा थिएनन् । स्रोतका अनुसार निधिले छोरा अनुकुललाई महाधिवेशन प्रतिनिधि बनाएर सक्रिय राजनीतिमा ल्याउने प्रयास गरेका थिए । तर कार्यकर्ताले विरोध जनाएपछि श्रीमती र भाइलाई अघि सारेका हुन् ।

निधिको उक्त कदमको कांग्रेस नेता कार्यकर्ताले विरोध गरेका छन् । सोमबार जनकपुरस्थित कांग्रेस पार्टी कार्यालयमा असन्तुष्ट नेताहरुले प्रदर्शनसमेत गरेका थिए ।

निधिले एकलौटी ढंगले पदाधिकारी र महाधिवेशन प्रतिनिधि चयन गरेको भन्दै सो क्षेत्रका असन्तुष्ट नेताहरु शम्भुनाथ झा, प्रवेश चौधरी, ललन चौधरीलगायतले पार्टी कार्यालयमा उजुरी समेत दिएका छन् । पार्टी कार्यालयमा कोही नभेटेपछि इमेलमार्फत उजुरी दर्ता गराएर पुनः अधिवेशन गराउन माग गरेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर