एमालेमा पदाधिकारी थप्ने र पोलिटब्यूरो गठन गर्ने प्रस्ताव – Nepal Press

एमालेमा पदाधिकारी थप्ने र पोलिटब्यूरो गठन गर्ने प्रस्ताव

केन्द्रिय कमिटीको आकार पनि बढाउने तयारी

चितवनः नेकपा एमालेमा विभिन्न पदका आकांक्षीहरु धेरै भएपछि विधान संसोधन गर्दै पदाधिकारी संख्या थप गर्ने तयारी गरिएको छ । पार्टी संस्थापनबाटै सबैलाई समेट्ने गरी पदाधिकारी थपेर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रस्ताव गरिएको हो ।

स्रोतका अनुसार उपाध्यक्ष र उपमहासचिवको संख्या थप गर्न लागिएको छ । अहिले बस्न लागेको केन्द्रिय कमिटीको वैठकमा यसबारे छलफल हुने छ । हाल एमालेमा ४ उपाध्यक्ष र एक उपमहासचिव रहने व्यवस्था छ ।

यसैगरि, पार्टीमा पोलिटब्यूरो गठन गर्ने प्रस्ताव पनि केन्द्रिय कमिटीमा लगिदै छ । केन्द्रिय समितिकाे आकार पनि बढाउने तयारी गरिएकाे छ । स्राेतका अनुसार केन्द्रीय सदस्य संख्या तीन सय पुर्याउने गरी प्रस्ताव गरिन लागेकाे हाे  । हाल दुइ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहेकाे छ ।

आज बेलुका ८ बजे सुरु हुने भनिएको केन्द्रीय समिति बैठक राति साढे १० बजेसम्म पनि सुरु हुन सकेको छैन । धेरै नेताहरु जाममा परेर वैठक स्थलमा उपस्थित हुन सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर