उपलब्धी रक्षाका लागि दलहरू एक ढिक्का हुनुको विकल्प छैन : चित्रबहादुर केसी (भिडिओ) – Nepal Press

उपलब्धी रक्षाका लागि दलहरू एक ढिक्का हुनुको विकल्प छैन : चित्रबहादुर केसी (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताएका छन् । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ छ ।

चितवनमा एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै केसीले सबै दलहरू मिलेर गणतन्त्र लगायतका परिवर्तन ल्याए पनि अहिलेको दुरावस्थाका लागि एकले अर्कालाई दोषारोपण गरिरहेको गुनासो गरे ।

उनले भने, ‘हामी अहिलेको दुरावस्थाका लागि आफैं जिम्मेवार हौं भन्न सक्नुपर्छ । यदि हामीले देशको राष्ट्रियता र अखण्डलाई अगाडि राखेर राजनीति गरेनौं भने बाह्य शक्तिले घोक्रेट्याक लगाउने छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *