उपाधि होडमा आर्सनलको दाबी कायमै, सीटीको रफ्तार पनि उस्तै – Nepal Press

उपाधि होडमा आर्सनलको दाबी कायमै, सीटीको रफ्तार पनि उस्तै

हेटौंडा । इङलिस प्रीमियर लिगको नर्थ लण्डन डर्विमा टोटनह्यामलाई हराउँदै आर्सनलले प्रिमियर लिगको उपाधिमा आफ्नो दाबेदारी कायम राखेको छ ।

आइतबार रातिनै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले नटिङ्घम फरेस्टलाई पराजित गर्दै लिगमा आफू उपाधिको दावेदार रहेको जनाउ दिएको छ ।

आइतबार राति भएको खेलमा टोटनह्याम्पलाइ ३–२ गोलअन्तरले पराजित गर्दै आर्सनल लिगको पहिलो स्थानमा यथावत रहदा नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै एक खेल कम खेलेको सिटि लिगको दोश्रो स्थानमा रहन सफल भएको छ ।

खेलको पहिलो हाफमा आर्सनलले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २७ औँ मिनेटमा बुकायो साकाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

३८ औँ मिनेटमा काई हाभर्टजले आर्सनलका लागि तेस्रो गोल गरेपछि आर्सनल पहिलो हाफमा ३–० को अग्रतामा थियो । तर दोश्रो हाफको ६४ औं मिनेटमा टोटनह्याम्पका क्रिस्टियन रोमेरोले गोल गरेपछि आर्सनल खेलमा फर्कने प्रयत्नमा लाग्यो ।

फलस्वरूप ८७ औँ मिनेटमा सन ह्युङ मिनले पेनाल्टीबाट दोस्रो गोल फर्काएपछि टोटनह्यम्म क्याम्पमा केही आशा पलाएको देखिन्थ्यो । तर त्यसपछि कुनै गोल भएन र आर्सनलले खेल जित्यो ।

गएरातिनै भएको अर्को खेलमा नटिङ्घम फरेस्ट विरुद्ध खेलको ३२ औं मिनेटमा सिटिका ग्भार्डियोलले गोल गर्दै टिमलाइ अघि बढाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको सिटिको लागि दोश्रो गोल खेलको ७१ औ मिनेटमा हाल्यान्ड मार्फत गर्दै सिटिले जित पक्का गर्यो ।

आइतबारको खेलपछी लिगको उपाधि भिडन्त थप रोचक बनेको छ ।

लिगमा ३५ खेल खेलेको आर्सनल ८० अंक सहित पहिलो स्थानमा रहदा एक खेल कम खेलेको सिटि ७९ अंक सहित दोश्रो स्थानमा छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *