टी-२० वरियतामा दीपेन्द्र उक्लिए शीर्ष १० मा – Nepal Press

टी-२० वरियतामा दीपेन्द्र उक्लिए शीर्ष १० मा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० अलराउण्डर वरियतातातर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् ।

आईसीसीले निकालेको नयाँ वरियतामा दीपेन्द्रले एक स्थान सुधार गर्दै शीर्ष १० मा स्थान बनाएका हुन् । यसअघि उनी ११औं स्थानमा थिए ।

अलराउण्डरतर्फ नेपालका कप्तान रोहित पौडेल एक स्थान घट्दै ६६औं स्थानमा पुग्दा कुशल मल्ल ३३ औं र गुलशन झा ६१ औं स्थानमा यथावत छन् । करण केसीले ७४ औं स्थानमा छन् ।

ब्याटिङतर्फ दीपेन्द्र ५०औं, रोहित ६१औं र आसिफ शेख ८७ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *