साउदी प्रो लिगमा रोनाल्डोको रेकर्ड – Nepal Press

साउदी प्रो लिगमा रोनाल्डोको रेकर्ड

हेटौँडा । साउदी प्रो लिगमा अल नासरका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एकै सिजनमा सर्वाधिक गोलको रेकर्ड कायम गरेका छन् ।

अल नासरकै पुर्व फरवार्ड अब्देरराजक हमदल्लाहको ३४ गोलको कीर्तिमान तोड्दै रोनाल्डोले यो सिजन ३५ गोल गर्न सफल भए ।

सोमबार राति अल इत्तिहादलाई ४-२ ले पराजित गर्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले एकै सिजनमा बनेको ३४ गोलको रेकर्डलाई तोडेका हुन । यो सिजनमा ३१ खेल खेल्दै रोनाल्डोले ३५ गोल र ११ असिस्ट प्रदान गर्न सफल बने ।

रोनाल्डोले उच्च लय प्राप्त गर्दा पनि अल नासरले साउदी प्रो लिगको उपाधि भने जित्न सकेन । साउदी कपमा सेमिफाइनल र एसियन च्याम्पियन्स लिगमा क्वाटर फाइनलबाटै बाहिरिएको रोनाल्डोको टोलीको लागि यो सिजन उपाधिबाट विमुख हुनुपर्ने अवस्था छ ।

अब यो सिजन रोनाल्डोको टोलीले लिग च्याम्पियन अल हिलालसँग किङ्स कपको फाइनल खेल्न बाँकी छ । यो खेल १ जुनमा हुनेछ । यो लिग जितेर यो सिजन कम्तीमा एउटा उपाधि जित्ने उद्देश्य रोनाल्डोको हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर