क्वालालाम्पुरबाट आएको बाटिक एयरको जहाज ‘ओभरसूट’, कतार एयर पनि राउण्ड लाउँदै – Nepal Press

क्वालालाम्पुरबाट आएको बाटिक एयरको जहाज ‘ओभरसूट’, कतार एयर पनि राउण्ड लाउँदै

काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट यात्रु बोकेर आएको बाटिक एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसूट’ गरिएको छ ।

क्वालालाम्पुरबाट १:५४ मा उडेको उक्त जहाज काठमाडौं विमानस्थलमा ४:०५ मिनेटमा ल्याण्ड हुने उडान तालिका थियो । त्रिभुवन विमानस्थलका प्रवक्त सुभाष झाले विमानस्थलमा धेरै हावाको चाप रहेकाले उक्त जहाज घुमिरहेको बताए ।

उनले भने, ‘हावा चलेको कारण जहाज ल्याण्ड हुन नसकेको हो । यो सामान्य प्रक्रिया नै हो । पाइलटले पुनः जहाज ल्याण्ड गर्न सहज भएका बेला एप्रोज गर्छन् र ल्याण्ड हुन्छ । सेफ्टीका लागि पनि जहाज ओभरसूट हुने गरेको छ ।’

कति यात्रु छन् भन्ने जानकारी नभएको उनले बताए ।

यसको असर दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजलाई पनि परेको छ । उक्त जहाजले पनि आकाशमा राउण्ड लगाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *