अल हिलालको अपराजित यात्रा – Nepal Press

अल हिलालको अपराजित यात्रा

हेटौँडा । साउदी प्रो लिगमा अपराजित रहँदै अल हिलालले यस सिजन २०२३-२०२४ को साउदी प्रो लिगको यात्रा टुङ्याएको छ ।

लिग चरणको चार खेल बाँकी रहँदै च्याम्पियन बनिसकेको अल हिलालले लिगको अन्तिम खेलमा अल वेदालाई २–१ ले पराजित गरेपछि यो सिजन अनविटन रहँदै लिगको सुखद अन्त्य गरेको हो ।

अल हिलालले यो सिजन प्रो लिगको ३४ खेलमा ३१ जित र ३ बराबरीसहित कुल ९६ अंक बटुल्दै च्याम्पियन बन्न सफल बन्यो ।

विश्व फुटबलको प्रभावशाली स्ट्राइकर ब्राजिलियन नेइमार सहित विश्वका चर्चित खेलाडी भित्राएको अल हिलालले रोनाल्डो प्रेरित अल नासारलाइ दोस्रो स्थानमा छाड्दै लिग च्याम्पियन बन्न सफल भएको हो । अल हिलालले लिग अवधिभर १०१ गोल गर्दा केवल २३ गोल मात्रै बेहोर्‍यो ।

प्रो लिगको शीर्ष तीनमा रहेका अल हिलाल, अल नासर र अल एलीले एएफसी च्याम्पियन्स लिग खेल्नेछ भने अल तावनले एएफसी कप खेल्नेछ ।

लिगमा अभा, अल ताइ र अल हाजिम रेलिगेसनमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर