युएईविरुद्ध खेल्ने प्रारम्भिक टोली घोषणा – Nepal Press

युएईविरुद्ध खेल्ने प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपालले युएई खेल्ने प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँगको खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

टोलीको गोलकिपरमा किरण चेम्जोङसहित अभिषेक बराल, विशाल सुनार र सन्तोष महतले स्थान बनाएका छन् ।

डिफेन्डरमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ छन् ।

भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, वसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठले मिडफिल्डरमा स्थान बनाएका छन् ।

फरवार्डमा अञ्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, समीर तामाङ, सञ्जिव विष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर