जीवनको रेलमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवनको अभिनय (भिडिओ) – Nepal Press

जीवनको रेलमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवनको अभिनय (भिडिओ)

काठमाडौं । गायक सिडी विजय अधिकारीको मर्म स्पर्शी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफुलाई भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ ।

त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् । गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन् ।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आँफुलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडिओमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् ।

प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडिओमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् । सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन् । भिडिओ डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।

भिडिओ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *