प्रस्तावित कृषि विधेयकमाथि छलफल, कानून नै बनाएर स्वदेशी वस्तुको प्रवर्द्धन गर्न जोड – Nepal Press

प्रस्तावित कृषि विधेयकमाथि छलफल, कानून नै बनाएर स्वदेशी वस्तुको प्रवर्द्धन गर्न जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार गरेको कृषि विधेयकको मस्यौदा सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र कृषि उद्यम केन्द्रलगायत कृषिसँग सम्बन्धित सरोकारवालाहरुबीच प्रस्तावित विधेयकका प्रावधानका विषयमा छलफल भएको हो ।

मस्यौदामा उल्लेख गरिएका विषय, प्रस्तावित प्रावधान, नसमेटिएका क्षेत्र, थप हुनुपर्ने विषयलगायतमा छलफल गरिएको कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले बताए ।

कृषि क्षेत्रको विकास गर्न कृषि पेशालाई सम्मानजनक, आकर्षक एवं प्रतिस्पर्धी बनाउनुपर्ने सुझाव आएको उनले जानकारी दिए ।

कृषिको व्यवसायीकरण र आधुनिकीकरण अहिले आवश्यक रहेको भन्दै छलफलका सहभागीहरुले स्वदेशमा कृषि उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न सरकारले नीतिगत व्यवस्थासँगै कानून नै बनाएर स्वदेशी वस्तु प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

सरोकारवालाहरुबाट प्राप्त सुझावमा अझै पर्याप्त छलफलपछि एकीकृत गरी संशोधनको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरिने सभापति बस्नेतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर