‘घरज्वाइँ’को टिजर रिलिज (भिडिओ) – Nepal Press

‘घरज्वाइँ’को टिजर रिलिज (भिडिओ)

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । यो सिनेमाले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने विश्वास निर्माण टीमको छ ।

अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमाको केही साता अघि सार्वजनिक पोस्टर तथा क्यारेक्टर लुक्सको चर्चा भैरहदा निर्माण टीमले आइतबार दर्शकमाझ टिजर सार्वजनिक गरेको हो । करिब २ मिनेट लामो टिजर रोचक र दर्शकमाझ उत्साह पैदा गर्न सफल हुने देखिन्छ ।

जीएम मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

असार २८ गते प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

सिनेमाका गीतमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर