पीएसजी बन्यो फ्रेन्च लिगको १२ औं पटक च्याम्पियन – Nepal Press

पीएसजी बन्यो फ्रेन्च लिगको १२ औं पटक च्याम्पियन

हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रान्सेली लिग वान च्याम्पियन भएको छ । उसले पछिल्लो तीन वर्ष लगातार तेस्रो पटक उपाधीमा कब्जा जमाएको हो । गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको मोनाको लियोनको हातबाट ३–२ ले पराजित भएपछि पीएसजीले उपाधी जितेको हो ।

लिग तालिकाको शीर्षमा पीएसजीलाई १२ अंकको अग्रता प्राप्त भएको छ र लिगमा तीन चरणका खेल मात्र बाँकी छँदा कसैले पनि उसलाई उछिन्न नसक्ने भएपछि उस्ले १२ औं पटक लिग वान को उपाधी जितेको हो ।

पछिल्लो ११ वर्षमा पीएसजीले फ्रान्सेली माथिल्लो डिभिजनको उपाधि जितेको यो दसौं पल्ट हो भने लिग वानमा सबैभन्दा धेरै १२ औं पटक उपाधि जित्ने टोली पनि पिएसजी बनेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *